+
+

बारा–२ को उपनिर्वाचनमा आचारसंहिता विपरीतका प्रचार सामग्री प्रहरीले हटायो

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:४१

३० चैत, वीरगञ्ज । बारा– २ मा आचारसंहिता पालनामा कडाइ गरिएको छ । निर्वाचन आयोगले कोष तथा लेखा नियन्त्रक कार्यालय बाराका प्रमुखको संयोजकत्वमा आचारसंहिता अनुगमन समिति बनाएको छ ।

अनुगमनका क्रममा महागढीमाई नगरपालिकाको बरियारपुर बजार लगायतका क्षेत्रमा आचारसंहिता विपरीत टाँगिएको तुल, ब्यानर, निर्वाचन चिह्न अंकित झण्डा हटाइएको थियो । जिल्ला आचारसंहिता अनुगमन समितिका अनुगमन अधिकृत हरिकृष्ण बरालले भने, ‘महागढीमाई क्षेत्रमा आचारसंहिता विपरीतका तुल ब्यानर, झण्डा लगाएको देख्यौं, तुल, ब्यानर हटाउनुको साथै आचार संहिता विपरितका अन्य गतिविधि पनि रोकेका छौं ।’

बारा–२ का लागि चुनाव खर्च अधिकतम २९ लाख रुपैयाँ तोकिएको छ । बारा–२ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका तर्फबाट शिवचन्द्रप्रसाद कुशबाहा, नेकपा एमालेबाट नेता पुरुषोत्तम पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल लगायत ३६ जना चुनावी मैदानमा छन् ।

जसपाको मोटरसाइकल र्‍याली रोकियो

प्रहरीले जनता समाजवादी पार्टीले चुनाव प्रचार प्रसारका लागि निकालेको मोटरसाइकल र्‍याली रोकको दावी गरेको छ । सुवर्ण गाउँपालिकाको कबहीगोठबाट निकालिएको मोटरसाईकल र्‍याली पचरौता नगरपालिकामा पुगेपछि प्रहरीसँग जम्काभेट भएको थियो ।

जसपाको झण्डासहित निकालिएको मोटरसाइकल र्‍यालीबाट १५ वटा जति मोटरसाइकल नियन्त्रणमा समेत लिएको प्रहरीले जनाएको छ ।

प्रहरीले प्रचार प्रसारका लागि प्रयोग भएको तीन वटा डिजे सहितको गाडी समेत नियन्त्रणमा लिएको थियो ।

निर्वाचन प्रचार प्रसारमा भारतीय गाडी र मोटरसाईकल प्रयोगमा कडाइ गरिएको छ । ७ वटा भारतीय नम्बर प्लेटका सवारी साधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक बोगटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?