+
+

एपीएफ पोष्टबहादुर बोगटी स्मृति कप भलिबलको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ चैत ३० गते १८:४३

३० चैत, काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब प्रथम पोष्टबहादुर बोगटी स्मृति कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बिहीबार भएको लिगको अन्तिम खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई २३–२५, २५–१८, २५–१२ र २५–२१ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो ।

प्रतियोगितामा एपीएफसहित ३ विभागीय टोली सहभागी भएकोमा नेपाल आर्मी र नेपाल प्रहरीले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

गण्डकी प्रदेश पनि सेमिफाइनलमा पुगिसकेको छ ।

पहिलो सेमिफाइनलमा एपीएफको भेट आर्मीसँग हुनेछ । दोश्रो सेमिफाइनल प्रहरी र गण्डकीबीच हुनेछ । दुवै सेमिफाइनल शुक्रबार हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?