+
+

आर्मीलाई हराउँदै पुलिस राष्ट्रिय भलिबलको फाइनलमा, अब एपीएफसँग खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १५:०४

२५ पुस, काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै पुलिस ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइलनल प्रवेश गरेको छ ।

विरेन्द्रनगरको खुल्ला मञ्चमा भइरहेको प्रतियोगितामा आर्मीलाई २५–२१, २५–२३ र २५–१९ मा पराजित गर्दै पुलिसले फाइनलमा अर्को विभागीय क्लब एपीएफसँग खेल्नेछ ।

समुह ए को उपविजेताको रुपमा सेमिफाइनलमा आएको पुलिसले समुह बीको विजेताको रुपमा अपराजित रहँदै सेमिफाइनल आएको आर्मीलाई पराजित गरेको हो ।

यसअघि एपीएफ गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्र्र्दै फाइनल प्रवेश गरेको हो ।

बिहीबार बिहान ९ बजे तेस्रो स्थानका लागि त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । फाइनल खेल बिहीबार दिउँसो १ बजे एपीएफ क्लब र नेपाल पुलिसबीच हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?