+
+

राष्ट्रिय भलिबलमा आर्मीलाई हराउँदै गण्डकी तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २६ गते १३:४६

२६ पुस, काठमाडौं । विभागीय क्लब त्रिभुवन आर्मीलाई पराजित गर्दै गण्डकी प्रदेश ३४ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा तेस्रो भएको छ ।

विरेन्द्रनगरको खुला मञ्चमा भएको प्रतिस्पर्धामा गण्डकीले आर्मीलाई ३-१ को सेटले पराजित गरेको हो । खेल २५-२२, २४-२६, २६-२४ र २५-२२ ले गण्डकीले जितेको हो ।
गण्डकीले पहिलो, तेस्रो र चौथो सेट जित्दै खेल जितेको हो । खेलको दोस्रो सेट आर्मीले जितेको थियो ।

समुह बी मा रहेका यी दुवै टोली समुह विजेता र उपविजेता बन्दै सेमिफाइल प्रवेश गरेका थिए । समुह चरणमा गण्डकीलाई हराएको आर्मी तेस्रो स्थानको खेलमा भने गण्डकीसँग पराजित भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?