+
+

गण्डकीलाई हराउँदै एपीएफ राष्ट्रिय भलिबलको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २५ गते १२:५९

२५ पुस, काठमाडौं । गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै एपीएफ क्लब ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

समुह ए को विजेताको रुपमा सेमिफाइनल आएको एपीएफ अपराजित रहँदै फाइनल प्रवेश गरेको हो ।

विरेन्द्रनगरको खुल्ला मञ्चमा भएको खेलमा एपीएफले गण्डकीलाई २५–२३, २५–२० र २५–१५ ले पराजित गरेको हो ।

दोस्रो सेमिफाइनल खेलमा समुह बी को विजेता आर्मी र समुह एको उपविजेता पुलिसबीच खेल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?