+
+

३४औं राष्ट्रिय भलिबलमा एपीएफ र गण्डकीले पहिलो सेमिफाइनल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २४ गते १६:११

२४ पुस, काठमाडौं । कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै गण्डकी प्रदेश ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

समुह चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै गण्डकी समुह बीको उपविजेता बनेको हो । गण्डकीले कर्णालीलाई २५–२१, २५–२१ र २५–२१ को सेटमा पराजित गरेको हो ।

गण्डकीले बुधबार हुने सेमिफाइनलको पहिलो खेलमा समुह ए को विजेता एपीएफसँग बिहान १०ः३० मा खेल्नेछ ।

दोस्रो सेमिफाइनलमा दिउँसो १ बजे समुह बीको विजेता त्रिभुवन आर्मी क्लब र समुह ए को उपविजेता नेपाल पुलिस क्लबबीच खेल हुने छ ।

समुह ए को उपविजेता बन्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगेको थियो । सुर्खेतमा आज मंगलबार भएको खेलमा पुलिसले कोशी प्रदेशलाई २५–१५, २५–१९ र २५–११ ले पराजित गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?