+
+

गण्डकीलाई सोझो सेटमा हराउँदै आर्मी राष्ट्रिय भलिबलको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १८:०७
फाइल तस्वीर ।

२३ पुस, काठमाडौं । ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा समुह बी अन्तर्गत गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनल प्रवेश गरेको छ ।

समुह बी मा रहेको आर्मीले लगातार तेस्रो जितसहित सेमिफाइनल यात्रा तय गरेको हो । विरेन्द्रनगर सुर्खेतमा भएको खेलमा आर्मीले गण्डकीमाथि ३१–२९, २५–२१ र २५–२१ को सेटले पराजित गरेको हो ।

यसअघि आर्मीले सुदूरपश्चिमलाई ३–१ र पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको थियो ।

यसअघिसमुह ए बाट एपीएफले पुलिसमाथि ३–१ को जिसहित सेमिफाइनल यात्रा तय गरेको छ ।

समुह ए मा दुई विभागीय टिम एपीएफ, नेपाल पुलिस, लुम्बिनी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेश छन् । समुह बी मा भने त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र मधेश प्रदेश छन् ।

प्रतियोगितामा दुई समुहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?