+
+

साढे ५ वर्षमा ५ लाख नेक्सन बिक्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १ गते १४:४१

काठमाडौं । टाटा मोटरसले भारतीय बजारमा ५ लाख वटा नेक्सन गाडी बिक्री गरेको जनाएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी  सन् २०१७ बाट बजारमा ल्याइएको थियो ।

साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त संख्याको गाडी बिक्री गर्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख गाडी केवल सात महिनामा बिक्री भएको थियो ।

सन् २०२० मा  ‘फेसलिफ्ट’को आगमन पछि यसको बजार विस्तारले झन् तीब्र ढंगले अगाडि बढेको कम्पनीले बताएको छ ।

नेक्सन  १२०० सय सीसीको रेभोट्रन  पेट्रोल  इन्जिन र १५०० सीसीको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छ । पहिलो प्रकारमा १२० हर्सपावर एवम् १७० एनएमको ‘पिक टर्क’को क्षमता छ भने दोस्रो प्रकारमा  १२० हर्सपावरको शक्ति एवं १७० एनएमको ‘पिक टर्क’को क्षमता छ।  दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डको रुपमा र  सिक्स स्पिड एटीएमको रुपमा रहेको छ।

नेक्सन एसयूभीले मारुती सुजुकी ब्रेज्ज़ा, ह्युनडाइ भेनु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३००, निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ । कम्पनीका अनुसार यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री-स्पोक फ्ल्याट-बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन् । सर्वोत्कृष्ट  सुरक्षाको लागि नेक्सनले  ग्लोबल एनसीएपीद्वारा पाँच-तारे गाडीको मान्यता प्राप्त गरेको छ । यस गाडीले बजारमा अग्रगति लिनुको पछाडि यो  एक प्रमुख कारण भएको कम्पनीले बताएको छ ।

नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ ।  नेक्सन ईभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्धुतीय गाडीको हो।

कम्पनीका अनुसार टाटाको  यस वर्षको अन्त्यसम्म नेक्सनको  अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना रहेको छ । यो नयाँ स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको “कर्भ अवधारणा”मा आधारित छ ।  १२०० सीसीको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति  १२५ हर्सपावर बराबर हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?