+
+

चितवन २ मा कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुन्छ : महेश बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते १७:०६

२ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने १० वैशाखमा हुने उपनिर्वाचनमा पराजित हुने दाबी गरेका छन् ।
लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन–२ का जनताले निर्वाचनमा हराउने नेता बस्नेतको जिकिर थियो । शनिबार काठमाडौंमा रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले लामिछानेले मयुरको प्वाँख धारण गरेर जनतालाई झुक्याउने काम गरेको र चितवनका जनताले त्यो कुरा बुझिसकेको जिकिर गरे ।

‘रविजीको पार्टी मयुर होइन, मयुरको प्वाँख टाँसेको कौवा हो । यो कुरा भन्न हामी हिच्किचाउन हुन्न । चितवन–२ का जनता यसपटक नक्कली राष्ट्रवादबाट मुक्त हुन्छन् । त्यहाँ नेकपा एमाले र कांग्रेसको प्रतिस्पर्धा हुन्छ । रविजी त्यसलाई पछ्याउनुहुन्छ’ उनले भने ।

विगतमा एमाले नेता कृष्णभक्त पोखरेलले राम्रो काम गरेका र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने युवाहरुको बीचमा लोकप्रिय रहेकाले आफूहरुले जित्ने बस्नेतको दाबी छ ।

उपनिर्वाचनका लागि चितवन २ मा कांग्रेसबाट जितनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेसहित २६ उम्मेदवारले प्रतिस्पर्धामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?