+
+

पुलिस हराउँदै एनबीएससी फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख २ गते २०:०६

२ वैशाख, विराटनगर । प्रथम ऋचा मेमोरियल टी- २० क्रिकेट प्रतियोगितामा घरेलु टिम एनबीएससी फाइनलमा पुगेको छ । विभागीय टिम नेपाल पुलिसलाई ४ रनले स्तब्ध पार्दै एनबीएससी फाइनलमा पुगेको हो ।

एनबीएससीले लगातार तेस्रो जित निकाल्दै समूह ‘ख’ मा ६ अंकसहित शीर्षस्थानमा रहेको छ । अब आइतबार हुने फाइनलमा एनबीएससीले उपाधिको लागि नेपाल आर्मीसँग भिड्नेछ । आर्मी समूह ‘क’ बाट फाइनलमा पुगेको हो ।

शनिबार अन्तिम लिग खेलमा घरेलु टिम एनबीएससी भाग्यमानी बन्यो । एनबीएससीले दिएको १९१ रनको लक्ष्य पछ्याएको पुलिसले निर्धारित २० ओभरमा ९ विकेट गुमाइ १८७ रन बनायो । पुलिसका सुनिल धमलाले ३७ बलमा ३ छक्का, ३ चौका मद्दतमा ४५ रन बनाए ।

अमित श्रेष्ठले २० बलमा २ छक्का र ५ चौका प्रहार गर्दै ३३ रन पारी खेल्दा दिलिप नाथले २१ रन र शंकर रानाले २० रनको योगदान दिए । दिलिपले ९ बलमा ६ छक्का र २ चौका हिर्काए भने शंकरले १३ बलमा १ छक्का  र २ चौका प्रहार गरे । प्रेम तामाङले १५ बलमा २ छक्का र २ चौका हान्दै अविजित २७ रन पारी खेल्दा रोशनले १५ रनको योगदान दिए । पुलिसका अरु ब्याटरले दोहोरो अंक छुन सकेनन् ।

एनबीएससीका विधान गोस्वामीको घातक बलिङसामु पुलिसका खेलाडी क्रिजमा टिक्न सकेनन् । उनले ३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । एनबीएससीका अलराउन्डर खेलाडी रवि शर्माले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । राहुल चौधरी, अनुभव श्रीवास्तव र एमडीले समान १–१ विकेट लिए ।

यसअघि एनबीएससीले निर्धिारित २० ओभरमा ९ विकेट गुमाई १९० रनको विशाल योगफल खडा गरेको थियो । एनबीएससीलाई फाइनलमा पुर्‍याउन अलराउन्डडर खेलाडी रवि शर्माले बिस्फोटक ब्याटिङ र घातक बलिङ गरे । उनले ३६ बलमा ३ छक्का र ६ चौका हिर्काउँदै ५१ रनको अर्धशतकीय इनिङ्स खेले ।

इमरान मलिकले २५ बलमा ४२ रन पारी खेल्दा मुकुन्द यादवले १७ बलमा अविजित २५ रनयको योगदान दिए । इमरानले २ छक्का र ६ चौका प्रहार गरे । मुकुन्दले २ चौका हिर्काए । राहुल चौधरीले १० बलमा २२ रन, माइनकल कुमारले १२ बलमा अविजित २२ रनको योगदान दिए ।

बलिङमा पुलिसका मन्जित श्रेष्ठले ४ ओभरमा ४८ रन खर्चेर ३ विकेट लिए । रसिद खान र ललित भण्डारीले समान २–२ विकेट लिए । रिसदले  ४ ओभरमा ३३ रन खर्चे भने ललित भण्डारीले ४ ओभरमा ४० रन खर्चेका थिए ।

सुदूरपश्चिमको पहिलो जित

शनिबार भएको अर्को खेलमा सुदूरपश्चिमको एनबी ग्रुप धनगढीले पहिलो जित निकालेको छ । दिल्ली युनाइटेडमाथि सुदूरपश्चिमले तीन रनको रोमान्चक जित हात पारेको हो । सुदूरपश्चिमले पहिलो जित निकाल्दा पाहुना टोली दिल्लीले लगातार तीन पटक पराजित हुँदै घर फर्किन बाध्य भयो ।

सुदूरपश्चिमले दिएको १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १९२ रन बनाउन सक्यो । यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सबै विकेट गुमाई १९४ रन बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?