+
+

नयाँ पुस्ताका जनशक्तिले कार्यस्थलमा कस्ता समस्या भोग्दैछन् ?

बीबीसीको सहयोगमा बीबीसीको सहयोगमा
२०८० वैशाख ३ गते १३:३८

कतिपय अवस्थामा नयाँ पुस्ताका जनशक्तिले काममा व्यापक सफलता हात पारेका छन् ।  उनीहरूको कार्यक्षेत्र निकै आधुनिक लचिलो छ । कार्यक्षेत्रमा डिजिटल सञ्चार सर्वव्यापी छ । रोजगारदाताले कामदारहरूले चाहने वातावरणबारे सोधपुछ गर्ने र त्यही अनुसारको वातावरण तयार गरिदिने अवस्था पनि अहिले सम्भव देखिएको छ ।

यद्यपि कार्यालयभन्दा बाहिर र हाइब्रिड कामको प्रचलनले करिअरको प्रारम्भिक चरणमा रहेका कामदाहरूमा केही गुण र सीपको कमी देखिएको भन्दै विज्ञहरू चिन्तित छन् । कार्यास्थलभन्दा परै बसेर काम गर्ने नयाँ पुस्ताका जनशक्तिमा सम्वाद र अवलोकनमार्फत सिक्ने परम्परागत अभ्यासको अभाव देखिएको विज्ञहरूको भनाइ छ । उनीहरूमा सिकाउने व्यवहार, सहकार्य र सञ्जाल विस्तारको क्षमतामा पनि कमी देखिएको कतिपय विज्ञहरू बताउँछन् ।

नयाँ पुस्ताका जनशक्तिबारे बेलायतको लिड्स विश्वविद्यालयका उपप्राध्यापक हेलेन ह्युज भन्छन्, ‘नयाँ पुस्ता जनशक्तिका समस्या सञ्चारमै केन्द्रित छ । आधुनिक सञ्चारका विषयमा उनीहरू पोख्त छन् । तर मूल्य मान्यता र शिष्टाचारका सवालमा उनीहरू कमजोर छन् ।’

कार्यालयमा उपस्थित हुँदा भित्र हुने राजनीतिका बारेमा विगतका कामदार पूर्ण जानकार हुन्थे । उनीहरू शरीरको हाउभाउको संकेत र व्यक्तिको स्थानले पनि केही न केही सन्देश पाउँथे । भर्चुअल रूपमा काम गर्ने पुस्तामा यस्ता सन्देशको कमी रहेको ह्युज बताउँछन् । ‘भर्चुअल वातावरणमा सामाजिक तुलना कठिन हुन्छन । आफूले के गरिरहेको छु भन्ने विषय बाहेक अन्य केही कुरा पनि थाहा हुँदैन,’ उनले भने।

कार्यक्षेत्रमा पहिले पहिले हुने प्राकृतिक किसिमका मुठभेडहरूका साटो अहिले नयाँ नयाँ समस्या उत्पन्न भइहेका छन् । यी समस्या र यिनको समाधान दुबै जटिल बनिरहेको ह्युज बताउँछन् । कार्यालय बाहिरबाटै काम गर्ने प्रचलनले सहज कामलाई पनि जटिल बनाएको उनको भनाइ छ । भर्चुअल  रूपमा काम गर्दा गलत सञ्चार हुने जोखिम रहेको ह्युजको भनाइ छ । ‘इमेल गर्दाको भाषा ठाडो भएमा त्यसले समस्या सिर्जना हुनसक्छ । भर्चुअल बैठकमा विभिन्न बाधा उत्पन्न हुनसक्ने हुँदा सन्देश प्रवाह प्रष्ट नहुनसक्छ भने सबै बखत आफ्ना जिज्ञासा मेटाउने स्थिति नहुनसक्ने भएकाले यसले थुप्रै जटिलता निम्ताउँछ,’ उनले भने।

कार्यालयभित्रका व्यावहारिक संकेत बुझ्न नपाउँदा भर्चुअल रूपमा काम गर्ने नयाँ पुस्ताका जनशक्तिमा कामप्रतिको उत्सुकता वा उदासीनाबीचन सन्तुलनको मापन गर्नै कठिन भएको ह्युजको बुझाइ छ । ‘भर्चुअल रूपमा काम गर्ने जनशक्तिमा बढ्ने तनाव वा उनीहरूको मानसिक स्थितिबारे कार्यालय समेत बेखर हुनसक्छ । कतिपय अवस्थामा उनीहरूले पुर्‍याएको योगदानको पनि नजरअन्दाज हुनसक्छ,’ ह्युज भन्छन् ।

आफ्नो सकरात्मक छाप छोड्नका लागि करिअरको प्रारम्भिक चरणमा रहेका कामदारहरू विषयको प्रस्तुतिमा अब्बल देखिन्छन् । तर उनीहरूको कार्यसम्पादन भने कमजोर हुने ह्युजको जिकिर छ। ‘या त आफूहरू धेरै जान्ने सुन्ने छु भन्ने देखाउनका लागि उनीहरू धेरैनै प्रश्न गर्छन् वा मैले बोलेमा मेरा सहकर्मीले मलाई के सोच्लान् भन्ने हीनताबोधले उनीहरू मौन रहन्छन्,’ ह्युजले भने ।

सहकर्मीहरूसँगको भेट र संगतले कार्यस्थलमा विश्वास निर्माण गर्ने, जोखिम मोल्ने  र नवीन सोचको विकास गर्ने हुनाले भर्चुअल काम गर्ने जनशक्तिमा यस्ता गुणको कमी हुने अर्का विज्ञ बताउँछन् । नेतृत्व विकासबारे वासिङगटन स्कूल अफ विजनेशमा अध्यापन गराउने प्राध्यापक जेम्स बेली भन्छन्, ‘अनलाइन आधारित कामका कारण धेरै जनशक्तिले गतिलो मौका गुमाएका पनि छन् । मौकामा छलाङ मार्ने अधिकतम अवसर भौतिक रूपमा कार्यालयमा उपस्थित हुँदा मात्रै प्राप्त हुन्छ । कार्यस्थलमा सहकर्मीहरूसँगको प्रत्यक्ष सम्वादले खास खास तर तरिका र सीप विकासमा मद्दत समेत गर्छ । यही कुरा जुममा गर्न खोजियो भने अर्को पात्रको उपयुक्त समय पर्खनुपर्ने हुन्छ भने सम्वादमा स्पष्टता नहुँदा फलदायी नहुन पनि सक्छ ।‘

भर्चुअल रूपमा काम गर्न जनशक्तिलाई भौतिक रूपमा कार्यालयमा उपस्थित गराएर काम गराउनैपर्ने बेलको भनाइ छ । अन्यथा उनीहरूमा भविष्यका लागि आवश्यक पर्ने नेतृत्वदायी गुणको विकास हुन सक्ने संभावना निकै न्युनै रहेको उनी बताउँछन् । ‘स्वतन्त्र  रूपले गर्नुपर्ने काममा  उनीहरूमा समस्या नहोला। सामूहिक सीपको प्रयोग गरी रणनीतिक तरिकाले काम गर्नुपरेमा उनीहरूमा समस्या देखिनेछ,’ बेल भन्छन्।

भर्चुअल रूपमा काम गर्ने सबै जनशक्तिमा यस्तै किसिमको समस्या पक्कै पनि छैन । तर अधिकांश कामदारहरूमा तनाव देखापर्न थालेको ह्युजको भनाइ छ । ‘कार्यालयमा आएर काम गर्ने कामदारलाई वातावरणले तनाव हुने गरेको छ भने भर्चुअल काम गर्ने जनशक्तिमा लेनदेनको पक्षले तनाव बढिरहेको छ,’ ह्युज भन्छन् ।

व्यावहारिक सञ्चार, नेतृत्व सीपबारे क्रमिक सिकाइको  अभावबारे नयाँ पुस्ताका जनशक्तिले कम ध्यान दिने गरेको विज्ञहरूको जिकिर छ । यसले उनीहरूको करिअरमा थप नकरात्मक प्रभाव पर्ने उनीहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?