+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एनसेलको दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ भव्य रुपमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:५८

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ भव्य रुपमा सम्पन्न भएको छ ।

‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ २ वैशाखमा महोत्सव आयोजना गरिएको एनसेलले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले एनसेलसँगको सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनश्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथै गीत संगीत, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?