+
+

एनसेलको दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ भव्य रुपमा सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १३:५८

काठमाडौं । नयाँ वर्ष २०८० को अवसरमा काठमाडौंको दरबारमार्गमा एनसेल प्रिजेन्टस् १६ औं दरबारमार्ग सडक महोत्सव ‘पर्पल स्याटर्डे’ भव्य रुपमा सम्पन्न भएको छ ।

‘नेपाली उत्पादन हाम्रो शान, सभ्यता र संस्कृति जोगाउनु हाम्रो काम’ भन्ने नाराका साथ २ वैशाखमा महोत्सव आयोजना गरिएको एनसेलले जनाएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) ले एनसेलसँगको सहकार्य र मुख्य प्रायोजनमा महोत्सव आयोजना गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरीक उड्यनमन्त्री सुदन किराती, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जनश्रेष्ठ, एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ, दरबारमार्ग विकास बोर्ड र रेष्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेबान) का पदाधिकारीहरुले संयुक्त रुपमा महोत्सवको उद्घाटन गरेका थिए ।

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने, लघु, घरेलु, साना तथा मझौला उद्यम एवं पर्यटन उद्योगको मनोबल उच्च राख्ने, नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने, काठमाडौं महानगरपालिकाभित्रको सांस्कृति प्रवर्द्धन एवं संरक्षणमा सहयोग गर्ने यस महोत्सवको मुल उद्देश्य रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथै गीत संगीत, विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन भएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?