+
+

च्याट जिपिटीलाई प्रभावकारी रुपमा प्रयोग गर्ने केही टिप्स

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १६:१६

३ वैशाख, काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स च्याटबटको रुपमा रहेको च्याट जिपिटी पछिल्लो दिनमा निकै लोकप्रिय बनिरहेको छ । ओपन एआई कम्पनीले विकास गरेको यो च्याटबटले कुनैपनि प्रश्नहरुको मानिसले दिने जस्तै प्राकृतिक ढाँचाको र जवाफका साथै दोहोरो प्रश्नोत्तर पनि गर्न सक्दछ ।

च्याट जिपिटीमा केही त्यस्ता फिचर तथा टूल्स छन् जसको प्रयोग गरेर च्याट जिपिटीको अनुभवलाई अझै उत्कृष्ट बनाउन सकिन्छ । च्याट जिपिटीलाई प्रभावकारी रुपमा चलाउनका लागि यी टिप्स उपयोगी हुन सक्दछन् :

  • कुनै खास शव्दहरु (Keywords) प्रयोग गर्नुहोस् : तपाइँले च्याट जिपिटीलाई कुनै खास प्रश्न वा शव्द सोध्नुभयो भने यसले प्रभावकारी रुपमा त्यसको जवाफ दिन सक्दछ । यसले च्याट जिपिटीलाई सान्दर्भिक तथा सही जानकारी दिनका लागि सहयोग गर्दछ ।

त्यसैले च्याट जिपिटीमा आफुले सोध्न चाहेको कुरा प्रष्ट रुपमा र सटिक ढंगले सोध्नु पर्दछ । सामान्यीकरण गरेर प्रश्न सोध्नुको साटो ठ्याक्कै विषयवस्तु तथा ठाउँ उधृत गरेर प्रश्न सोध्नु पर्दछ ।

  • Translate फिचरको प्रयोग : च्याट जिपिटीमा कुनैपनि टेक्स्टलाई विभिन्न भाषामा अनुवाद गर्न सकिने फिचर पनि छ । यो फिचर सामान्य संवादमा मात्र नभएर प्राज्ञिक अनुसन्धानमा समेत सहयोगी बन्न सक्दछ ।

च्याट जिपिटीमा भाषा अनुवाद गर्नका लागि तपाइँले आफुले अनुवाद गर्न चाहेको सामाग्रीलाई च्याटमा लेख्नुहोस् र कुनै भाषामा translate गर्न चाहेको हो त्यो पनि त्यहीँ टाइप गर्नुहोस् ।

  • आफ्नो उत्तर टेबल स्वरुपमा पाउनुहोस् : च्याट जिपिटीले तपाइँले सोधेको कुरा टेबल फम्र्याटमा पनि उपलब्ध गराउँदछ । कुनै जानकारी वा सिर्जनात्मक आइडियाहरु प्राप्त गर्नका लागि यो ढाँचा निकै उपयोगी हुन्छ । जस्तै तपाइँले खानेकुराको आइडिया र खानामा प्रयोग हुने सरसामान अनि कुनै खेल र त्यस खेलमा प्रयोग हुने सामानहरु लगायतलाई टेबल स्वरुपमा राख्न सक्नुहुन्छ ।

follow-up prompts  तथा natural language को प्रयोग गरेर च्याट जिपिटीले कन्टेन्टहरुलाई स्टान्डर्ड टेबल फर्ममा राख्दछ ।  त्यस्तो टेबलका डाटालाई माइक्रोसफ्ट एक्सेलमा समेत सार्न सकिन्छ ।

  • च्याट जिपिटीमा अभिनय गर्नुहोस् : कुनै लेखकको नक्कल गरेजस्तै च्याट जिपिटीले कुनै विषयवस्तुमा अभिनय पनि गर्न सक्दछ, जस्तै कुनै दिक्क भएको व्यापारी देखि निकै उत्साहित किशोरकिशोरी वा कुनै चर्चित सेलिब्रेटीको भूमिकामा ।

तपाइँले च्याट जिपिटीमा अनगिन्ती भूमिकामा अभिनय गर्न सक्नुहुन्छ । यद्यपि व्यवहारिक दृष्टिले च्याट जिपिटीमा हुने अभिनय खासै प्रभावकारी नहुन सक्दछ । यद्यपि यसले प्रयोगकर्तालाई अभिनय कौशल तथा संवादको शैली निखार्न सहयोग पूराउँदछ ।

  • सही व्याकरण तथा विराम चिन्हको प्रयोग : च्याट जिपिटीलाई सही व्याकरण तथा विराम चिन्हको प्रयोग भएका प्रश्नहरुलाई मात्र बुझ्ने र जवाफ दिनेगरी डिजाइन गरिएको हुन्छ ।

त्यस्तै च्याट जिपिटीमा प्रश्न सोधनी गर्दा वा भनाई राख्दा सही वाक्य संरचना लेख्नु पर्दछ भने अंग्रेजीका वाक्य लेख्दा सुरुको अक्षरलाई capitalization गर्ने तथा सही punctuation राख्ने कुरा पनि ध्यान दिनुपर्दछ ।

  • संक्षेपीकरण गर्ने : च्याट जिपिटीमा Summarize Function को प्रयोग गरेर ठूला ठूला आलेख वा कागजातको संक्षेपीकरण गर्न वा सार खिच्न सकिन्छ ।

च्याट जिपिटीमा आफुले कुनै सामाग्रीको संक्षेपीकरण गर्न चाहेको कुरा टाइप गर्नुहोस् । त्यसपछि च्याट जिपिटीले तपाइँका लागि संक्षेपीकृत सामाग्री तयार पारिदिन्छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?