+
+

निमावि तहको १,१६७ शिक्षकका लागि ७५ हजारको आवेदन

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ३ गते १९:५७

३ वैशाख, काठमाडौं । शिक्षक सेवा आयोगले माग गरेको निम्न माध्यमिक तहको १,१६७ शिक्षकका लागि ७५ हजार ७७५ जनाको आवेदन परेको छ । आयोगका अनुसार सबैभन्दा धेरै नेपाली विषयमा आवेदन परेको छ ।

नेपाली विषयको ९१ पदका लागि २४ हजार १६४ आवेदन परेको छ । अंग्रेजी विषयको १५३ पदका लागि १७ हजार ३३६, गणितको १५८ पदका लागि ८ हजार ५१४, विज्ञानको २९० पदका लागि ३ हजार ८९४ जनाले आवेदन दिएका छन् ।

सामाजिक विषयको १११ पदका लागि १९ हजार ९४१, गणित विज्ञानमा ३५५ पदका लागि १८ हजार ६८ जनाको, संस्कृत भाषाको ४ पदका लागि ३८ जनाको, संस्कृत व्याकरणमा ३ पदका लागि १३ जनाको, संस्कृत कर्मकाण्डको १ पदका लागि ६ जनाको र शुक्लयुजर्वेद एक पदका लागि लागि दुई जनाको आवेदन परेको छ । आयोगको सूचना अधिकारी सुदर्शन मरहट्टा यसपटक माग गरिएको संख्या कम भएकोले आवेदन पनि कम परेको बताउँछन् ।

आयोगले निमावि तहको सामान्यतर्फको परीक्षा ९ वैशाखमा सञ्चालन गर्ने तयारी गरेको छ ।
शिक्षक सेवा आयोगले प्रावि तहमा ७ हजार ८८२ शिक्षक पनि माग गरेको छ । जसमा नियमित शुल्क तिरेर ८ वैशाखसम्म र दोब्बर दस्तुर तिरेर १५ वैशाखसम्म आवेदन दिन सक्ने आयोगले जनाएको छ । आइतबारसम्म ५४ हजार भन्दा बढीले आवेदन दिइसकेका छन् । प्रावि तहको सामान्यतर्फको परीक्षा जेठ २० गते सञ्चालन हुनेछ ।

मावि तहको सामान्य परीक्षामा ५१.१५ प्रतिशत उत्तीर्ण

माध्यमिक तहको शिक्षक पदका लागि आयोगले लिएको सामान्य परीक्षामा करिब आधा परीक्षार्थीमात्र उतीर्ण भएका छन् । आयोगले ७१६ रिक्त पदको लागि लिएको सामान्यतर्फको परीक्षामा सहभागीमध्ये १६ हजार ७११ उत्तीर्ण भएका छन् ।

आयोगले चैत १८ गते सञ्चालन गरेको सामान्य तर्फको परीक्षामा ३२ हजार ६७० जना सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?