+
+

बाइक हाँक्दै नेपाल आइपुगे दक्षिण भारतीय सुपरस्टार अजित कुमार

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १३:५४

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार अजित कुमार बाइक हाँक्दै नेपाल आइपुगेका छन् । आइतबार धुनषाको ढल्केबरमा देखिएका उनी सोमबार झापाको सुरुंगा पुगेका छन् । बाइकसहित उनी केही सहयोगीसँग पूर्वी नेपालमा आइपुगेका हुन् ।

मोटरसाइकल हाँक्दै उनी नेपाल आइपुगेको भिडियो र तस्वीरलाई फ्यानले सामाजिक सञ्जालमा भाइरल बनाएका छन् । फिल्म छायांकन नभएर उनको नेपाल आगमन बाइक राइडिङ रहेको हुन सक्ने अनुमान गरिएको छ । गत वर्ष उनी बाइक हाँक्दै थाइल्याण्ड पुगेका थिए ।

उनी कार र बाइक संकलनका सौखिन अभिनेता समेत हुन् । गत वर्ष उनी अभिनित ‘भलिमाई’ नेपालमा समेत रिलिज भएको थियो । उनी तमिल सिनेमा उद्योगका चर्चित अभिनेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?