+
+

पहिलो पटक अन्तरिक्षमा हिँड्दै अरबी अन्तरिक्षयात्री

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:१०

४ वैशाख, काठमाडौं। यहीँ अप्रिल २८ को दिन संयुक्त अरब इमिरेट्सका अन्तरिक्ष सुल्तान अल नेयादीका लागि एक ऐतिहासिक दिन हुनेछ । नेयादीले सो दिन अन्तराष्ट्रिय स्पेस स्टेशन बाहिर ‘स्पेस वाक’ गर्नेछन् । यो सँगै उनी अन्तरीक्षमा हिड्ने अरब जगतको पहिलो अन्तरिक्ष बन्नेछन् ।

नेयादीले अमेरिकी अन्तरीक्ष संस्था नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि स्पेसवाकको तालिम लिएका छन् । गत मार्च ३ तारेखको दिन पनि अल नेदायीको लागि निकै खास थियो, किनकी पृथ्वीको कक्षमा त्यो उनको पहिलो दिन थियो । तर पृथ्वीको बाहिरको उनको अनुभव अप्रिल २८ मा झनै विशेष हुनेवाला छ ।

कुनै पनि अरबी अन्तरिक्षका लागि साढे ६ घण्टाको उक्त Extravehicular Activity (EVA) गर्नु पहिलो अवसर हुनेछ ।

नेयादीको उक्त अन्तरीक्ष हिँडाइसँगै युएइले पनि कीर्तिमान कायम गर्नेछ । योसँगै युएई आफ्ना नागरिकलाई अन्तरीक्षमा हिँडाउने विश्वको दशौँ देश बन्नेछ ।

स्पेसवाकका क्रममा अल नेयादी र नासाका चालक दलका सदस्य स्टेफेन बोवेनले रेडियो फ्रिक्वेन्सी ग्रुप युनिट नामको सञ्चार उपकरणको एउटा हिस्सा मर्मत गर्नेछन् । साथै उनीहरुले स्टेशनलाई उत्कृष्ट सोलार उपकरण इन्स्टल गर्नका लागि पनि तयार गर्नेछन् ।

अल नेयादीले लेखेका छन्, ‘म यो ऐतिहासिक पलका लागि उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेको छु, जसका लागि मैले जोनसन स्पेस सेन्टरमा बृहत प्रशिक्षण लिएको छु । म आफ्नो देशको प्रतिनिधित्व गर्न तथा अन्तरिक्षद्वारा सुरु गरिएका असाधारण यात्रालाई जारी राख्नका लागि उत्सुक छु।’

अल नेयादीले ह्युस्टनमा नासाको न्युट्रल बोएन्सी ल्याबमा पानीमुनि ५५ घण्टाभन्दा पनि धेरै समय बिताएका छन् । त्यसमा स्पेस स्टेशनको आकारको रेप्लिका एउटा पूलमा डुबाइएको थियो । पानीमुनि भार महसूस हुँदैन । त्यसैले उक्त पानीको ल्याब अन्तरीक्षमा हिड्ने अन्तरिक्षहरुका लागि नितान्त उपयोगी तालिम केन्द्र हो ।

स्पेस एक्सको क्रू ६ मिसनको एक हिस्साको रुपमा अल नेयादी गत मार्च २ मा फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरीक्ष यात्रामा निस्किएका थिए । उनी अन्तराष्ट्रिय स्पेस स्टेसनमा ६ महिनासम्म रहनेछन् र विभिन्न प्रयोगहरु गर्नेछन् ।

यो अन्तरीक्षयात्रा नेयादीको जिवन बदल्ने मिसन हो । गत अप्रिल ४ मा नासाको गोल्डेन एस्ट्रोनट पिन प्राप्त भएसँगै उनले आफ्नो खुसी ट्वीटरमा शेयर गरेका थिए । एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?