+
+

सिड्नीलाई उछिनेर मेलबर्न बन्यो अष्ट्रेलियाको ठूलो शहर

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ४ गते १४:२१

४ वैशाख, काठमाडौं । सिड्नीलाई उछिन्दै मेलबर्न जनसंख्याको हिसाबमा अष्ट्रेलियाको सबैभन्दा ठूलो शहर बनेको छ । यसअघि सिड्नी झण्डै १०० वर्षसम्म अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरका रुपमा रहेको थियो ।

तर अब सिड्नीलाई पछि पार्दै भिक्टोरिया राज्यको राजधानी मेलबर्न धेरै जनसंख्या भएको अष्ट्रेलियाको शहर बनेको हो । मेलबर्नको जनसंख्या ४८ लाख ७५ हजार ४०० छ जुन सिड्नीको भन्दा १८ हजार ७०० धेरै हो ।

बीबीसीका अनुसार मेलबर्न शहरको किनारी क्षेत्रमा बसोबास बढ्दै गएपछि मेल्टनसहित आसपासका साना शहरलाई गाभिएपछि मेलबर्न धेरै जनसंख्या भएको शहर बनेको हो ।

अष्ट्रेलियाको जनसंख्या ब्युरो एबीएसले यातायात सञ्जालमा जोडिएका नजिकैका १० हजार भन्दा बढी जनसंख्या भएका ससाना नगरलाई पनि मुख्यशहरकै रुपमा राख्ने गर्छ ।

मेलबर्नको मुख्य शहरलाई ग्रेटर मेलबर्न भनिन्छ । ग्रेटर मेलबर्नले सन् २०३१–२०३२ मा ग्रेटर सिड्नीलाई उछिन्ने अनुमान भिक्टोरिया राज्य सरकारको छ । सिड्नीको तुलनामा राम्रो शिक्षा र रोजगारी पाउने भएकाले मेलबर्न आप्रवासीहरुको रोजाइमा पर्ने गरेको बीबीसीले जनाएको छ ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?