+
+
Shares

डा. आयुष्नोभालाई ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १२:१५

काठमाडौँ । डाक्टर आयुष्नोभा ढुंगानाले सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरकन्टिनेन्टल नेपाल २०२४’ को उपाधि जितेकी छन् । यसअघि मिस नेपाल २०२२ को प्रतिस्पर्धामा उनी चम्किएकी थिइन् ।

बुधबार प्रज्ञा प्रतिष्ठानमा आयोजित फिनालेमा उनले उपाधिसहित सहविधा मिस एलिगेन्स समेत जितिन् । कलाकारिता र चिकित्सा पेशालाई सँगै अघि बढाइरहेकी उनी बंगलादेशबाट एमबीबीएस उत्तीर्ण हुन् ।

फिनालेमा ‘मिस इन्टरकन्टिनेन्टल नेपाल’सहित अन्य तीन विजेता समेत छानिएको थियो । सजिना खनालले ‘मिस सुप्रान्यासनल’ र धीरजकाजी बस्नेतले ‘मिस्टर सुप्रान्यासनल’को उपाधि हात पारे ।

‘मिस ग्लोबल नेपाल’ मोनिका अधिकारी र ‘मिस्टर इन्टरनेसनल नेपाल’ क्षितिज श्रेष्ठ क्षेत्री घोषित भए । सनुर्वी इन्टरनेसन आयोजक रहेको प्रतियोगिताको फिनालेमा महिला र पुरुष गरेर २९ जना प्रतिस्पर्धी सहभागी थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?