+
+
Shares

प्रधानमन्त्रीको भारत भ्रमण वैशाख अन्तिममा

दिपेश शाही दिपेश शाही
२०८० वैशाख ५ गते २०:४९

५ वेशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको समय निश्चित भएको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार २८ वैशाखभन्दा पछि र ५ जेठभन्दा अघि हुने भएको हो । यद्यपि, दुवै पक्षले निश्चित मिति तय गर्न भने अझै केही समय लाग्ने भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी १० मे अर्थात, २७ वैशाखसम्म कर्नाटक राज्यमा हुन गइरहेको निर्वाचन कार्यक्रममा व्यस्त रहने भएपछि प्रचण्डको भ्रमण त्यसअघि नहुने निश्चित भएको हो । साथै, २० मेपछि मोदी विभिन्न चारवटा देशको भ्रमणमा जाने भएकाले त्यसअघि नै प्रचण्डको भ्रमण सम्पन्न गर्ने तयारी दुवै पक्षको छ ।

‘अहिलेसम्म समय निश्चित भएको छ, तर मिति अझै तय भइसकेको छैन । ११ मे र १९ मेको बीचमा तय गर्ने काम भैरहेको छ,’ परराष्ट्र स्रोतको भनाइ छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणको लागि पठाएको औपचारिक निम्तो पत्र भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरिसकेका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?