+
+

प्रधानमन्त्रीसँग राष्ट्रसंघीय प्रतिनिधिमण्डलको भेट

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ५ गते २०:०५

५ वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघीय प्रतिनिधिलले भेट गरेको छ ।

संयुक्त राष्ट्रसंघकी उपमहासचिव एवं एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) की कार्यकारी सचिव अर्मिदा सलसिंह अलिसझावनाले मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यलयमा प्रचण्डसँग शिष्टाचार भेट गरेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटमा उनीहरूबीच नेपाल र एस्क्यापबीच साझेदारीका विषयमा छलफल भएको छ ।

साथै, अतिकम विकसित राष्ट्रको सूचीबाट नेपाल सन् २०२६ मा विकासशील राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको विषयमा समेत छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?