+
+

महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ६ गते १६:४५

६ वैशाख, जनकपुरधाम । महोत्तरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एकै परिवारका ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डल रहेको प्रहरीले जनाएको छ ।

दिउँसो गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक जनकपुरतर्फ आउँदै गरेको बा ३ ख २३९६ नम्बरको बसले गौशालातर्फ जाँदै गरेको मधेश प्रदेश ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते चालक र उनकी भतिजीकोको शुभ स्वस्तिक अस्पताल बर्दिबास र श्रीमतीको ट्रमा सेन्टर अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?