+
+

बाँकेमा साढे ४ किलो सुनसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १२:५०

७ वैशाख, बाँके । नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?