+
+

२ करोड ३३ लाखको कोकिनसहित दुई विदेशी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १६:४४

७ वैशाख, काठमाडौं । झण्डै २ किलोग्राम लागूऔषध कोकिनसहित प्रहरीले २ जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले वैशाख ५ गते भारतीय नागरिक रवीन्द्रकुमार परासर र केन्याली नागरिक पिलिसिला वाङ्गा दिरितुलाई पक्राउ गरेको  हो ।

व्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीका अनुसार केन्याली नागरिक पिलिसिलाले भारतीय नागरिकलाई रवीन्द्रकुमारलाई १ किलो ८० ग्राम कोकिन दिएकी हुन् । उनीहरु ठमेलको अलग अलग होटलबाट पक्राउ परेका हुन् ।

उनीहरुबाट बरामद कोकिनको बजार मूल्य २ करोड ३३ लाख २८ हजार रहेको एसपी जोशीले बताए । उनीहरुलाई लागूऔषध मुद्दामा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला अदालतबाट अनुमति लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?