+
+

‘फास्ट एक्स’ ट्रेलर : चिल्ला कारको भागदौड र खतरनाक एक्सन दृश्य

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १६:५१

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘फास्ट एण्ड फ्युरियस’ दशौं श्रृंखलाको नयाँ ट्रेलर सार्वजनिक भएको छ । ‘फास्ट एक्स’ नाम दिइएको फिल्मको ट्रेलरलाई वितरण कम्पनी युनिभर्सल स्टुडियोले बिहीबार सार्वजनिक गरेको हो । एक्सन दृश्यले भरिपूर्ण ट्रेलरमा दर्शकले जेसन मोमोआलाई खलपात्रको रुपमा देख्न पाउँछन् ।

ट्रेलरमा चिल्ला कारहरुको भागदौड र दर्शकलाई सरप्राइज दिने गरी प्रस्तुत गरिएका नयाँ पात्रलाई देख्न सकिन्छ, जसमा ‘क्याप्टेन मार्वल’ स्टार ब्री लार्सनलाई देखाइएको छ । जेठ ५ गते प्रदर्शनको तयारीमा रहेको यो फिल्म नेपालमा समेत प्रतीक्षित मानिएको छ । श्रृंखलाका अघिल्ला फिल्मले नेपाली बक्स अफिसमा उत्कृष्ट कमाइ गरेका छन् ।

लुइस लेटरियर निर्देशित यो फिल्मको कथावस्तु भिलेनको रुपमा प्रस्तुत गरिएको मोमोआको चरित्रलाई रोक्न नायक भिन डिजेल र उनको समूहले गर्ने संघर्षलाई चित्रण गरिएको छ । आगामी ११ औं श्रृंखला अन्तिम सिक्वेल बताइएकाले पनि फ्यानमाझ फास्ट एक्सलाई लिएर प्रतीक्षा छ ।

यो ब्लकबस्टर फिल्मका कलाकारमा भिन डिजेलसहित जेसन स्ट्याथम, मिसेल रोड्रिग्वेज, जोन सीना लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?