+
+

२ हजार बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १०:४८

२० वैशाख, काठमाडौं । बुधबार तोलामा २७ सय घटेको सुन बिहीबार भने २ हजार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने आज बिहीबार १ लाख ३६ हजार ५ सय पुगेको छ ।

यसअघि वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि आज तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६३० रुपैयाँ रहेको चाँदी आज १ हजार ६४५ रुपैयाँ कायम भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?