+
+

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त सूर्यविनायकबाट पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १८:०७

७ वैशाख, काठमाडौं। प्रहरीले बैकिङ कसूर मुद्दाका फरार अभियुक्तलाई  पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरि नगरपालिका-७ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका-४ बस्‍ने ४० वर्षीया रश्मी सिग्देल रहेकी छिन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्य विनायकबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमा पठाइएको छ ।

उनलाई उच्च अदालत पाटनले २०७९ साल फागुन २३ गते बैंकिङ कसूर मुद्दामा  २६ लाख जरिवाना सुनाएको थियो। तर उनी उक्त जरिवना नरिति नै फरार भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?