+
+

मिरुना मगर नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलको दूत नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ७ गते १८:४९

काठमाडौं । नेपाल युरोपियन युनियन फिल्म फेस्टिभलले अभिनेत्री मिरुना मगरलाई यस वर्षको ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको छ । नेपालस्थित युरोपियन युनियनको कार्यालयले यसबारे जानकारी दिंदै ‘कबड्डी ४’ र ‘जारी’ फेम्ड अभिनेत्रीलाई दूत नियुक्त गरेको जनाएको छ ।

यसपटक तीन ठाउँमा फेस्टिभल आयोजना हुँदैछ । २८ देखि ३० अप्रिलसम्म सुदूरपश्चिम विश्वविद्यालय महेन्द्रनगर, मे ३ देखि ५ सम्म सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालय र मे १२ देखि १५ सम्म काठमाडौंस्थित चलचित्र विकास बोर्डको हलमा फेस्टिभल आयोजना हुनेछ ।

यस वर्षको संस्करणमा आठ युरोपेली र आठ नेपाली छोटा फिल्म देखाइने जनाइएको छ । सन् २०२३ लाई मानवअधिकारको विश्वव्यापी घोषणाको ७५ औं वार्षिकोत्सवका रूपमा मनाइँदै आएकाले यस वर्षको उत्सवको नारा ‘सबैका लागि मानवअधिकार मनाउने’ छनोट गरिएको फेस्टिभलद्वारा जारी वक्तव्यमा उल्लेख छ ।

गत वर्ष अभिनेत्री केकी अधिकारी फेस्टिभल दूत नियुक्त भएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?