+
+

परिणिती चोपडा र राघव चड्ढाले गरे इन्गेजमेन्ट, अक्टोबरमा विवाह

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १२:२०

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडा र आप पार्टीका नेता राघव चड्ढाबीचको सम्बन्धको हल्लाले बलिउड गर्माएको छ । यी दुईले खुलेर औपचारिक रुपमा सम्बन्धबारे केही बोलेका छैनन् । पटक-पटक उनीहरु सँगै देखिएका छन् र सम्बन्धलाई अस्वीकार पनि गरेका छैनन् ।

यसैबीच, यी दुईको सम्बन्धलाई लिएर नयाँ खबर छ । फिल्मफेयर म्यागजिनका अनुसार यी परिणिती र राघवबीच इन्गेजमेन्ट भएको छ । साथै आगामी अक्टोबरमा विवाह तय भएको छ । परिवारका सदस्य, सीमित आफन्त र निकट साथीभाइको उपस्थितिमा इन्जेजमेन्ट समारोह भएको थियो ।

केही दिनअघि परिणिती औंठीसहित सार्वजनिक ठाउँमा देखिएकी थिइन् । सेतो क्रप टप, ब्यागी जिन्स र स्ट्रिप गरिएको नीलो सर्टमा उनको क्याजुअल लुक्स आकर्षक देखिएको थियो । तर उनको औंलामा देखिएको चम्किलो औंठीले सबैको ध्यान खिच्यो । केही समयदेखि परिणिती र राघव सार्वजनिक ठाउँमा पनि एकसाथ देखिएका छन् ।

अभिनेत्रीका ‘तिरंगा’ को-स्टार हार्दी सन्धुले यी दुईबीच चाँडै विवाह हुन लागेको संकेत गरेका छन् । लाइफस्टाइल एसियासँगको हालैको एक अन्तर्वार्तामा पनि परिणितीले मिडियाले आफूबारे गर्ने चर्चालाई लिएर निकै पातलो लाइनअप रहेको बताएकी छन् । उनको उक्त अन्तर्वार्ता सुन्दा उनी विवाहको योजनामा रहेको जस्तो देखिन्छ । उनले निजी जीवन र कामबीच सन्तुलन मिलाउने प्रयास गरिरहेको बताएकी छन् ।

परिणिती पछिल्लोपटक नेपालमा छायांकन गरिएको अमिताभ बच्चन र अनुपम खेर स्टारर फिल्म ‘उचाइ’मा देखिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?