
फाइल तस्वीर
८ वैशाख, काठमाडौं । प्रतिकूल मौसमका कारण शुक्रबार अपरान्हदेखि हवाई उडान प्रभावित बनेको छ ।
काठमाडौंमा चलेको हावाहुरीका कारण त्रिभुवन विमानस्थलबाट हुने उडानहरु डिले भएका छन् । दोहाबाट आएको कतार एयरवेज र नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज आकाशमै होल्ड भएका छन् ।
आन्तरिकतर्फ पनि विराटनगर, पोखरासहितका गन्तव्यमा जानु पर्ने जहाजहरु डिले भएका छन् । अहिले काठमाडौंमा हावाहुरीका कारण सडकमा समेत जनजीवन प्रभावित बनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4