+
+

जाँदाजाँदै गण्डकीका मुख्यमन्त्रीले सार्वजनिक गरे सम्पत्ति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १८:४३

८ वैशाख, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जाँदाजाँदै सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने नियम भए पनि मुख्यमन्त्री र मन्त्रीहरुले सार्वजनिक नगरेकोप्रति प्रश्न उठेपछि मुख्यमन्त्री अधिकारीले शुक्रबार विवरण सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री अधिकारी पुस २५ नियुक्त भएका हुन् ।

पोखरा–३१ बेगनासमा जन्मिएका मुख्यमन्त्री अधिकारीको पुख्र्यौली घरजग्गा, बैंक ब्यालेन्स, गाडीसहित कृषिमा पनि लगानी गरेको देखिएको छ । मुख्यमन्त्री अधिकारीसँग पोखरा–१२ शान्ति टोलमा ८० लाख किनेको अहिले २ करोड रुपैयाँ पर्ने ६ आना जग्गामा घर छ ।

मुख्यमन्त्री अधिकारीको श्रीमतीको नाममा जग्गा, रिसोर्ट भएको देखिएको छ । मुख्यमन्त्री अधिकारीको पुख्र्यौली जन्मस्थान बेगनासमा रहेको जग्गा रहेको बताएका छन् । अंशबण्डाबा प्राप्त भएको खुलाएका अधिकारीले कित्ता र क्षेत्रफल अलमल हुने गरी पेश गरेका छन् ।

पोखरा–२१ मा देखाएको जग्गा वर्गमिटरमा पेश गरेका छन् । मालमोत कार्यालयका एक अधिकृतका अनुसार मुख्यमन्त्रीले पेश गरेको तथ्यांकले एकीन क्षेत्रफल नआउने बताए । मुख्यमन्त्रीले कित्तासमेत खुलाएका छैनन् ।

मुख्यमन्त्री खगराजले स्वआर्जनका रुपमा १५ लाख रुपैयाँ देखाएका छन् भने अंशबण्डाबाट ३ तोला सुन रहेको बताएका छन् ।  विभिन्न बैंक तथा वित्तीय संस्थामा १० लाख रुपैयाँ मौज्दात देखाएका छन् । कृषि आन्दानीबाट गण्डकी विकास बैंकमा २ लाख ४९ हजार ७ बराबरको सेयर देखाएका छन् ।

मुख्यमन्त्री अधिकारीले विभिन्न व्यक्तिसँग ३५ लाख ऋण लिएर १० लाख रुपैयाँ तिरेको बताएका छन् । खगराजसँग ५० लाख रुपैयाँको स्कोरपियो छ । आइ ट्वान्टी कार आफ्नै स्वकीय सचिव केदार थपलियालाई बेचेर स्कोरपियो किनेको मुख्यमन्त्री अधिकारीले खुलाएका छन् ।

मुख्यमन्त्री अधिकारीले कृषि फसल बिक्री गरेरमात्रै वार्षिक ६ लाख रुपैयाँ आम्दानी हुने बताएका छन् ।  मुख्यमन्त्री अधिकारी पत्नी पाण्डेले काठमाडौंको चन्द्रागिरीमा प्रमुख बैंकबाट ८० लाख रुपैयाँ ऋण लिएर घडेरी खरिद गरेको अधिकारीले विवरणमा खुलाएका छन् । अग्रगामी कृषि फर्ममा साढे १६ लाख श्रीमती पाण्डेको नाममा छ । चितवन फिस रिसोर्टमा २० लगानी गरेको मुख्यमन्त्री अधिकारीले बताएका छन् ।

अधिकारीले श्रीमती रमा पाण्डेप्रावि दरबन्दीको शिक्षक भएका बताएका छन् । मुख्यमन्त्री अधिकारीले सम्पत्ति वितरण सार्वजनिक गरे पनि अरु मन्त्रीहरले पनि अझै गरेका छैनन् । मुख्यमन्त्री अधिकारीले ९ गते विश्वासको मत लिँदै छन् । गत चैत १० गते माओवादीले सरकारबाट समर्थन फिर्ता दिँदै मन्त्री हरिबहादुर चुमान र रेमशबहादुर जुग्जालीले राजीनामा दिएका छन् ।

सरकार अल्पमतमा परे पनि मुख्यमन्त्री अधिकारीले २९ औं दिनमा संसदमा विश्वासको मत लिन अधिवेशन डाकिएको छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था छैन । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सदस्यीय कांग्रेस र माओवादीको ७ सदस्य (सभामुखबाहेक) मिलेर सरकार बनाउन बहुमत पुग्छ ।

अहिले खगराज नेतृत्वको सरकारमा २ सदस्यीय राप्रपा पनि छ । खगराज सरकार ढलेसँगै कांग्रेसका सुरेन्द्रराज मुख्यमन्त्री बन्ने तयारी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?