+
+

सिम डुब्लिकेशन गरी अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ८ गते १९:२८

८ वैशाख, काठमाडौं ।  प्रहरीले सिमकार्ड डुब्लिकेशनमार्फत अनलाइन ठगी गरेको आरोपमा  एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका-६ घर भई हाल भक्तपुरको सूर्यविनायक-८ बस्‍ने २३ वर्षीय अनिल थापा रहेका छन् ।

उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले सूर्यविनायकबाट पक्राउ गरेकोऊ हो ।

पक्राउ परेका उनीमाथि ठ्गीसम्बन्धी कसूरमा आवश्‍यक अनुसन्धान गरी कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

उनले सामाजिक सञ्जालमा आवद्ध रहेका विभिन्न बैंकहरुको अनलाइन भाइबर ग्रुपहरुको अकाउन्ट दुरूपयोग गरी पीडितहरुको बैंक तथा मोबाइल बैंकिङमा पहुँच पुर्‍याइ कार्डलेस एटिमबाट रकम निकालेर ठगी गरेको प्रहरीको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?