+
+

‘द पोएट आइडल’को उपाधि सिक्किमकी नीलम गुरुङलाई

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ९ गते २०:२५

काठमाडौं । कवितामा आधारित टेलिभिजन रियालिटी शो ‘द पोयट आइडल’को उपाधि निलम गुरुङले जितेकी छन् । शुक्रबार सम्पन्न फिनालेमा सिक्किमकी प्रतियोगी उनले जितसँगै दश लाख रुपैयाँ समेत प्राप्त गरिन् ।

उपाधिका लागि निलमसहित पल्लवीब, न्याथन रायन र मिल्सन राईबीच प्रतिस्पर्धा भएको थियो । अमनप्रताप अधिकारीले निर्देशन गरेको शोमा विप्लव प्रतीक, उपेन्द्र सुब्बा, अनुप बराल र सुरक्षा पन्त निर्णायक थिए ।

उपाधि विजेता कविले दस लाख रुपैयाँसहित यात्रा पब्लिसिङ हाउसको तर्फबाट ५ लाख बराबरको कवितासंग्रह पनि प्रकाशनको अवसर पाएकी छन् । कार्यक्रममा १४ कविले विभिन्न एपिसोड र चरणमा तयार पारेका कविता संग्रहित पुस्तक पनि विमोचन भयो । उपाधि ग्रहण गर्दै गुरुङले साहित्यको क्षेत्रबाट नहराउने बताइन् । उनले साहित्यको डस्टरले नेपाल र सिक्किमबीचको सिमाना मेटिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?