१० वैशाख, काठमाठौं । डिएगो जोटाले दुई गोल गरेपछि लिभरपुलले प्रिमियर लिगमा नटिङहम फरेस्टलाई ३–२ ले पराजित गरेको छ ।
लिभरपुलको घरेलु मैदान एनफिल्डमा भएको खेलमा पाँच गोल नै दोस्रो हाफमा भएको थियो । जोटाले खेलको ४७औं र ५५औं मिनेटमा गोल गरे ।
नटिङहमका नेको विलियम्सले ५१औं र मवर्गन गिब्स ह्वाइटले ६७औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा पु¥याएका थिए । तर मोहमद सालाहले ७०औं मिनेटमा गोल गर्दै लिभरपुललाई ३ अंक दिलाउन सफल भए ।
जितपछि लिभरपुलले शीर्ष चारमा रहने सम्भावनालाई कायम राखेको छ । लिभरपुल ३१ खेलबाट ५० अंक जोडेर सातौं स्थानमा छ । हाल चौथो स्थानमा रहेको न्युकासल युनाइटेड भन्दा लिभरपुल ६ अंकले पछि छ ।
लिगकै अन्य खेलमा लेस्टरले वल्भसलाई तथा फुलहमले लिड्सलाई समान २–१ ले पराजित गर्दा एस्टन भिल्ला र ब्रेन्टफोर्डले १–१ र क्रिस्टल प्यालेस र एभरटनले गोलरहित बराबरी खेलेका छन् ।
प्रतिक्रिया 4