+
+

भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको रास्वपाको स्वीकारोक्ति

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १० गते १६:३१

१० वैशाख, चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार विहान मतदानको समयमा भरतपुर महानगरपालिका- ११ भोजाडको नयाँ किरण माविमा आचारसंहिता उल्लंघन गरेको स्वीकार गरेको छ ।

आइतबार विहान मतदान भइरहेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा त्यस क्षेत्रका उम्मेदवार रवि लामिछाने मतदान केन्द्रमा पुग्दा समर्थकले उनको पक्षमा नाराबाजी गर्नुका साथै चुनाव चिह्न घण्टीको प्रयोग गरेका थिए । त्यही विषयलाई लिएर अन्य दलले आचारसंहिता उल्लंघन भएको आरोप लगाएपछि विवाद हुँदा मतदान स्थगित भएको थियो ।

आइतबार दिउँसो भएको सर्वलीय बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीले आफूहरुबाट आचारसंहिता उल्लंघन भएको स्वीकार गरेको हो ।

सर्वदलीय बैठकको निर्णयमा भनिएको छ, ‘‍…राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम सञ्चालन भएको पाइयो । उक्त दलबाट क्षमायाचना गर्ने निर्णय गरियो ।’ सर्वदलीय भेलाको निर्णय अनुसार रास्वपाले माफी मागेपछि रोकिएको मतदान पुन: सञ्चालन भएको हो ।

हेर्नुहोस् सर्वदलीय बैठकको निर्णय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?