+
+

तनहुँ १ मा स्वर्णिम वाग्लेको मतान्तर ७ हजार नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख ११ गते १६:५९

११ वैशाख, तनहुँ । तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार भन्दा धेरै मतान्तरले अग्रता लिएका छन् ।

सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् ।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सवेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।

आइतबार रातिदेखि भइरहेको मतगणनामा रास्वपा उम्मेदवार वाग्लेले सुरुवातदेखि नै अग्रता लिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?