+
+

बुढेसकालमा कपाल किन सेतो हुन्छ ? वैज्ञानिकले पत्ता लगाए कारण

एजेन्सी एजेन्सी
२०८० वैशाख १२ गते ८:१४

मानिसको कपाल फुलेर किन सेतो हुन्छ ? यो प्रश्नको जवाफ वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

शोधकर्ताहरुले पछिल्लोपटक एक अनुसन्धान गरेका छन् जसले फुलेर सेतो भएको कपाललाई पुनः कालो बनाउने तथा कपाल फुल्ने प्रक्रिया रोक्नका लागि कोशिकाहरुलाई परिवर्तन गर्ने उपचारको खोजमा सहयोग पुग्ने बताइएको छ ।

शोधकर्ताहरुले यसका लागि मुसाको छालामा भएका कोशिकाहरुमा अनुसन्धान गरेका थिए । मुसाको छालामा पाइने ती कोशिकाहरु मानिसमा पनि पाइन्छ । त्यसलाई मेलानोसाइट स्टेम सेल वा एमसीएससीएस भनिन्छ ।

भ्रूण स्टेम कोशिका सबै प्रकारका विभिन्न अंगहरुमा विकसित हुन्छ भने वयस्क स्टेम कोशिका चाहिँ फरक तरिकाले चल्दछ । हाम्रो कपालको फोलिकल्समा हुने मेलानोसाइट स्टेम कोशिकाहरू कपाललाई कालो बनाइराख्नका लागि जिम्मेवार हुन्छन् ।

शोधकर्ताहरुका अनुसार जबजब कपाल छिप्पिंदै जान्छ, त्यसको मेलानोसाइट स्टेम कोशिकाहरु पनि बुढो हुँदै जाने र कपालको स्वभाविक रंगलाई कायम राख्ने क्षमता गुमाउँदछन् ।

कतिपय स्टेम कोशिकाहरु जुन विभिन्न खालका कोशिकाहरुमा विकसित हुन सक्दछन्, तिनीहरुसँग फोलिकल्सको वृद्धिक्षेत्रको बीचमा जाने विशेष क्षमता हुन्छ । तर उमेर छिप्पिएसँगै यी कोसिकाहरुको चाल पनि हराउँदछ । जसका कारण हाम्रो कपालको रंग हराउँछ र सेतो बन्दछ ।

सरल भाषामा भन्नुपर्दा जब मेलालिनन उत्पादन गर्ने स्टेम कोशिकाहरुले सही ढंगले काम गर्न सक्दैनन् तब कपाल सेतो हुन थाल्दछ ।

न्युयोर्क विश्वविद्यालय ग्रसम्यान स्कूल अफ मेडिसिनका शोधकर्ताहरुका अनुसार मुसामा गरिएको उक्त परीक्षण यदिमा मानिसलाई पनि गर्न सकिएमा त्यसले फुलेको कपाललाई पुनः कालो बनाउन वा कपाल फुल्नबाटै रोक्न सकिनेछ ।

शोधकर्ता टिमका प्रमुख क्वी सन भन्छन्- शोधबाट प्राप्त नतिजाले मेलानोसाइट स्टेम कोशिकाको उक्त स्थिति मानिसमा पनि हुनसक्ने सम्भावना बढाएको छ । यदि त्यस्तो भएमा जाम भैसकेका कोशिकालाई कपालको फोलिकल क्षेत्रमा पुनः पठाउन सकिनेछ र त्यसबाट कपाललाई पुनः कालो बनाउन वा फुलेर सेतो हुनबाट रोक्न सकिन्छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?