+
+
Shares
कविता :

सक्छौ भने

शिशिर उप्रेती शिशिर उप्रेती
२०८० वैशाख १२ गते १४:०५

सक्छौ भने

निषेध गर मेरा आवाजहरू

लगाम लगाऊ मेरा सोचहरूमा

हतकडी लगाऊ मेरो न्यायको चाहनालाई

फलामको सिक्रीले बाँध मेरा स्वतन्त्र विचारहरूलाई

सक्छौ भने

लुटिदेऊ मेरो स्वाधीनता

नजरबन्द गर मेरा अधिकारहरूलाई

फाँसी देऊ मेरा भावनाहरूलाई

दमन र शोषण गरी राख मलाई

निरन्तर निरन्तर

तर अत्ति भएपछि एक दिन

थोपा थोपा लाभाहरू

एकजुट हुन्छन् जमिनमुनि

अनि खोज्छन् पातलो सतह विस्फोट हुन

भन अनि के सक्छौ ?

ज्वालामुखीको विस्फोट रोक्न ।।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?