+
+

कैलालीको होटलमा एक जना मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १४:१६

१२ वैशाख, धनगढी । कैलालीको अत्तरियास्थित एक होटलमा बास बसेका एक जना मृत अवस्थामा भेटिएका छन् ।

गोदावरी नगरपालिका-१ अत्तरिया बसपार्कमा रहेको न्यू सत्कार होटलमा १० वैशाखमा कोठा लिएर बसेका दार्चुलाको ब्याँस गाउँपालिका-३ का अन्दाजी ४५ वर्षीय मोहन सिंह मृत भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले  होटलको १०३ नंम्बर कोठामा बसेका सिंह मृत अवस्थामा भेटिएको बताए ।

चन्दका अनुसार उनी शौचालयमा झुण्डिएको अवस्थामा भेटिएपनि घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।  मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?