+
+

दाङमा सर्पको टोकाइबाट युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १४:१०

१२ वैशाख, दाङ । दाङमा सर्पको टोकाइबाट एक युवकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका–१६ शान्तिटोलका २६ वर्षीय रोशन डाँगीको सोमबार राति सर्पको टोकाइबाट मृत्यु भएको हो ।

घरमा सुतिरहेको अवस्थामा राति १० बजेतिर सर्पले खुट्टामा टोकेको थियो । डाँगीलाई अस्पताल लैजान ढिलाइ हुँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।

उनलाई मंगलवार बिहान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डाक्टरले मृत घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?