+
+

हर्क साम्पाङको च्यारिटी कन्सर्टमा जुट्यो २८ लाख

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १७:१२

काठमाडौं । धरानमा खानेपानी आयोजनालाई रकम जुटाउन नगरप्रमुख हर्क साम्पाङले आयोजना गरेको च्यारिटी कन्सर्टमा २८ लाख रुपैयाँ संकलन भएको छ । ‘च्यारिटी कन्सर्ट फर कोकाहा खानेपानी धरान’ नाम दिइएको कन्सर्टमा मंगलबार चर्चित राष्ट्रिय कलाकारले सांगीतक प्रस्तुति दिए ।

दीप श्रेष्ठ, राजेशपायल राई, दीपक लिम्बू, प्रविशा अधिकारी, डिल्ली फोम्बो एण्ड द ब्याण्ड, द वाल्किङ क्लाउड ब्याण्ड, एकदेव लिम्बू, रोहित मास्के लगायतले सांगीतिक प्रस्तुति दिए । आयोजक सिल्भर इन्टरटेनमेन्टले पत्रकार सम्मेलनमा कन्सर्टको आयव्यय विवरण सार्वजनिक गरेको थियो ।

कन्सर्टको सम्पूर्ण खर्च उठाएर २८ लाख ३६ हजार ३४५ रुपैयाँ बाँकी रहेको कार्यक्रम संयोजक मीना सिंगकले जानकारी दिइन् । मेयर साम्पाङले कन्सर्ट गरेकोमा आयोजक, सहयोगी दाता, कलाकार सबैलाई धन्यवाद दिए । उनले उक्त रकम कोकाहा खानेपानी आयोजनामा खर्च गरिने र श्रमदान कार्यमा सहभागी हुन समेत आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?