+
+

धनगढी विमानस्थलमा घाँस काट्न गएका १७ महिला पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १२ गते १८:४८

१२ वैशाख, धनगढी । धनगढी विमानस्थलमा तारजाली तोडेर घाँस काट्न गएका १७ जना महिलालाई प्रहरीले पक्रेको छ ।

मंगलबार दिउँसो विमानस्थलको धावन मार्गको पश्चिमतर्फको तारजाली तोडेर घाँस काट्न अनाधिकृत रुपमा प्रवेश गरेका उनीहरुलाई विमानस्थलमा सुरक्षार्थ खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले घाँस काटिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताए ।

‘घाँस काट्न भनेर उहाँहरु विमानस्थलको पश्चिमतर्फबाट तारजाली नाघेर भित्र प्रवेश गर्नुभएको रहेछ,’ भट्टले भने, ‘हामीले १७ जना महिलालाई नियन्त्रणमा लिएका छौं । उडान सुरक्षाका दृष्टिकोणले यो गम्भीर कुरा हो ।’

भट्टले पहिलो पटक भएकाले उनीहरुलाई स्थानीय जनप्रतिनिधिको रहोबरमा सम्झाइ बुझाइ गरेर आफन्तको जिम्मा लगाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?