+
+

प्रतिकूल मौसमले धनगढीको हवाई सेवा दुई दिनदेखि अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १३ गते १८:२९

१३ माघ, धनगढी । बाक्लो हुस्सु लागेकाले धनगढी विमानस्थलबाट शुक्रबारदेखि हवाई उडान अवरुद्ध भएको छ ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहका अनुसार शुक्रबार बिहान श्री एयरलाइन्सको विमान काठमाडौं उडेपछि अन्य उडान अवतरण हुनसकेको छैन ।

‘एक हजार मिटरको भिजिविलिटीमा धनगढीबाट विमान उडाउन मिल्ने भएकाले श्री एयरको विमान हिजो काठमाडौंका लागि उडेको हो’ सिंहले भने, ‘अवतरण गर्न १७ सय मिटरको भिजिबिलिटी चाहिन्छ । हुस्सु र कुहुरोले कम भिजिबिलिटी हुँदा सेवा प्रभावित भएको छ ।’

मौसम नखुलेपछि श्री एयरलाइन्सका दुई र बुद्ध एयरका चार वटा उडान प्रभावित भएका छन् । कामविशेषले हवाई यात्रा गर्नुपर्नेहरु समस्यामा परेका छन् । धनगढी सहित पश्चिम तराईमा केही दिनदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण जनजीवन समेत प्रभावित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?