१३ वैशाख, काठमाडौं । नेपाली महिला राष्ट्रिय टिमकी सदस्य रेखा पौडेलले भारतमा सुरु भएको इन्डियन वुमन्स लिगको डेब्यु खेलमै गोल गरेकी छन् ।
बुधबार भएको खेलमा रेखा सम्मिलित स्पोर्ट्स ओडिसाले होप्स फुटबल क्लबलाई ३-२ ले पराजित गरेको हो ।
स्पोर्ट्स ओडिसाका लागि रेखासहित निसा नायक र अन्जुले एक एक गोल गरे । होप्सका लागि शिलाजी र जनी बालले एक एक गोल गरे ।
जितपछि स्पोर्ट्स ओडिसाले समूह ए मा ३ अंक जोडेको छ ।
यस संस्करणदेखि फरक फर्म्याटमा आयोजना भएको वुमन्स लिगमा कूल १६ टिम सहभागी छन् । जसलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ए कै अर्को खेलमा मिसाका युनाइटेड एफसीले माता रकुमनी एससीलाई २-० ले पराजित गरेको छ ।
यसै समूह अन्तर्गत बुधबारै नेपालकी अर्की खेलाडी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरलाले इस्ट बंगाल एफसीसँग खेल्नेछ ।
यस्तै मुम्बई नाइट्स एफसी र कहानी एफसीबीच पनि बुधबारै खेल हुनेछ ।
प्रतिक्रिया 4