+
+

 लिग लिडर बार्सिलोना राभो भालेकानोसँग स्तब्ध

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते ६:३२

१४ वैशाख, काठमाडौं । स्पानिस ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोना रायो भालेकानोसँग २-१ ले पराजित भएको छ ।

घरेलु मैदानमा सानदार जित दिलाउन राभो भालेकानोका लागि अल्भारो गार्सिया र फ्रान्सिस्को गार्सियाले गोल गरे । बार्सिलोनाका लागि रोवर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

अल्भारो गार्सियाले १९औं मिनेटमा गोल गर्दै राभोलाई अग्रता दिलाएका थिए । ५३औं मिनेटमा फ्रान्सिस्को गार्सियाले गोल गर्दै राभो भालेकानोको अग्रता दोब्बर पारे । दुई गोलले पछि परेको अवस्थामा लेवान्डोस्कीले ८३औं मिनेटमा गोल गर्दै गोल अन्तर घटाएका थिए । तर त्यसपछि तप गोल गर्न नसक्दा शीर्ष स्थानको बार्सिलोना पराजित भयो ।

उपाधि होडमा रहेको बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडमाथि १४ अंकको अग्रता बनाउने अवसर गुमायो । यद्यपि बार्सिलोना अझै रियल भन्दा ११ अंकले अघि छ । लिगमा अब ७ चरणका खेल खेल्न बाँकी छ । अघिल्लो दिन रियल गिरोनासँग पराजित भएको थियो ।

बार्सिलोनालाई हराएको राभो भालेकानो ३१ खेलबाट ४३ अंकसहित नवौँ स्थानमा उक्लिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?