+
+

काठमाडौंका सडकमा ‘एक्सप्रेस-टी’ विद्युतीय ट्याक्सी

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १६:१८

१४ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका सडकहरुमा सार्वजनिक बिजुली यातायात रूपमा ‘टाटा एक्सप्रेस-टी’ का प्रिमियम विद्युतीय ट्याक्सीहरु गुड्न थालेका छन् ।टाटा मोटर्सको निर्मित यी विद्युतीय सेडान ट्याक्सीहरु नविन एवं समुन्नत विशेषताहरुले सम्पन्न रहेको कम्पनीले जनाएको छ ।

यसमा लामो रेन्जको लागि २६ किलोवाटको शक्तिशाली लिथियम ब्याट्रीको प्रयोग भएको छ। टाटा एक्सप्रेस -टि मा ११० मिनेटको छोटो अवधिमै ० देखि ८० प्रतिशत चार्ज हुने प्रभावकारी चार्जिंङ सकेट छ ।

कम्पनीका अनुसार भित्री र बाहिरी बनावट आकर्षक मात्र नभएर यस टाटा एक्सप्रेस -टि मा सुरक्षाको लागि एअर ब्याग, इबीडीसहितको एबीएस लगायतका विशेषताहरु पनि  छन् । घरमै १५ एम्पियरमा चार्ज गर्ने मिल्ने एक्सप्रेस -टि मा स्वचालित एसीको पनि व्यवस्था छ ।

एक्सप्रेस -टि हरित प्रविधिमा आधारित सवारी साधन भएकोले आर्थिक रुपले मितव्ययी एवम् वातारणीय दृष्टिकोणले पूर्ण फाइदाजनक भएको पनि बताइन्छ ।

टाटा एक्सप्रेस -टि सम्बन्धित जानकारी काठमाडौँको बालकुमारीस्थित सिप्रदीको शो-रुम बाट लिन सकिने र चार्जिंङका साथै गाडीको मर्मत पनि सोही स्थानबाट नै गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली विद्युतीय सवारी साधनको बजार विस्तार हुँदै गर्दा इलेक्ट्रिक ट्याक्सीले एउटा इँटा थप्ने काम गरेको यातायात व्यवस्था विभागका अधिकारीहरू बताउँछन् ।

सञ्चालन र मर्मत खर्च निकै कम हुने र आकर्षक, आरामदायी र अन्य उच्च प्राविधिकयुक्त समेत हुने विशेषताहरुले पनि विद्तीय सवारीमा आकर्षण बढ्दो छ । यस्ता सवारी साधनहरुको भन्सार महशुल तथा नवीकरण र दर्तामा भारी छुटको साथै खरिद गर्दा ठूलो परिमाणमा बैंक कर्जा र बढी सुरक्षित बीमा योजनाको सुविधा छ।

कम्पनीहरुले आक्रामक बजारीकरणको रणनीति अपनाउँदै आवश्यक पूर्वाधार एवं जनशक्तिको निर्माण गरिरहेका छन्।

पछिल्लो केही समयदेखि विशेषत: सार्वजनिक यातायातको संचालनमा नवीकरणीय ऊर्जाले प्राथमिकता पाएको छ ।  बागमती प्रदेशले ‘सार्वजनिक यात्रुवाहक विद्धुतीय ट्याक्सी सेवाको गुणस्तर, संचालन तथा व्यवस्थापन सम्बन्धि मापदण्ड’ मार्फत ब्याट्रीबाट चल्ने ट्याक्सी प्रोत्साहित गरेको छ ।

यसका कारण आम यात्रुहरुको अतिरिक्त विदेशी पर्यटकहरुले निश्चय नै प्रदुषणमुक्त, गुणस्तरीय एवं सुरक्षित यात्राको अनुभव गर्न पाउने अवस्था बन्दै गएको छ ।

देशका अन्य सबै प्रदेशहरूमा पनि विद्धुतीय ट्याक्सी सेवा  विस्तार गर्नुपर्ने मागहरु उठेका छन् ।

नेपाल जस्तो राष्ट्रको समग्र यातायात क्षेत्रको समयानुकुल एवम् दिगो रूपान्तरणको लागि यस्ता सवारी साधन महत्वपूर्ण भूमिका खेल्ने टाटाको सिप्रदी ट्रेडिङको मान्यता छ।

एक्सप्रेस-टि का प्रिमियम विद्युतीय ट्याक्सीहरुका बारेमा जानकारी लिनु परेमा कम्पनीका कर्मचारी टोल फ्रि नम्बर १६६००१५५७७७ अथवा ९८०१५७५७७७ मा निःशुल्क कल गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?