+
+

कस्तो रहला ‘नाइँ नभन्नु ल ६’ र ‘प्रसाद २’ को ओपनिङ ?

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १७:१२

काठमाडौं । शुक्रबार नेपालमा चार फिल्म रिलिज हुँदैछन्, प्रसाद २, नाइँ नभन्नु ल ६, पासाङ : इन द स्याडो अफ एभरेस्ट र कैदीको पत्र । ‘पासाङ’बाहेक अन्य तीन कथानक फिल्म हुन् । पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाले चौथो पटकको प्रयासमा कसरी सर्वोच्च शिखर आरोहण गरिन् भन्ने कथावस्तुमा यो डकुमेन्ट्री बनेको छ ।

यी चारै फिल्मको अग्रिम टिकट बिक्री दुई दिनअघिदेखि खुलेको छ । तर चारै फिल्मको अपेक्षित बुकिङ देखिएको छैन ।

किन त ?

‘नाइँ नभन्नु ल ६’का निर्माता तथा निर्देशक विकासराज आचार्य भन्छन्, ‘भइरहेको बुकिङ ट्रेन्डलाई लिएर सन्तुष्ट छौं । हाम्रा अघिल्ला फिल्मको बुकिङ पनि खास भएको थिएन । अघिल्लो अनुभव हेर्दा यसपटक पनि टिकटको विन्डो सेल हुन सक्ने कुरामा म आशावादी छु ।’ ठीक यस्तै बुकिङको ट्रेन्ड ‘प्रसाद २’मा पनि देखिएको छ ।

‘कैदीको पत्र’ क्यूएफएक्स बाहेकका हलमा रिलिज हुने जनाइएको छ । क्यूएफएक्सले ‘नाइँ नभन्नु ल ६’ लाई १८ शो दिएको छ । उक्त सिनेमा चेनले ‘प्रसाद २’ लाई ३३ शो दिएको छ । ‘पासाङ’ले ५ शो पाएको छ । रोचक कुरा शुक्रबारदेखि तेस्रो सातामा प्रदर्शनको तयारीमा रहेको दयाहाङ राई स्टारर ‘जारी’ले सबैभन्दा धेरै ३४ शो पाएको छ । ट्रेन्ड हेर्दा तेस्रो शुक्रबार पनि ‘जारी’ राम्रै चल्ने पक्का छ ।

नयाँ रिलिजको तयारीमा रहेका चारै फिल्मको अग्रिम टिकट बिक्री निकै कमजोर देखिंदा अब यी फिल्मको व्यापार दुई कुरामा निर्भर हुनेछ । पहिलो, विन्डो सेल र दोस्रो, वर्ड अफ माउथ । यी चार फिल्मको भविष्य पहिलो सप्ताहन्तले नै निर्धारण गर्नेछ । ‘छक्कापञ्जा ४’ को प्रदर्शन शुक्रबारदेखि नै टुंगिंदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?