+
+

लगेजको अतिरिक्त पैसा नतिर्ने जुक्ति, साढे २ किलो लुगा पहिरिएरै विमान यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १४ गते १९:१३

काठमाडौं । विमानमा यात्रा गर्दा लगेजको तौल तोकिएको भन्दा बढी भएमा अतिरिक्त पैसा तिर्नु पर्छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानमा यात्रीले लैजान पाउने लगेजको तौल विमान कम्पनीपिच्छे फरक छ । उनीहरुले तोकेको भन्दा बढी तौलको लगेज भएमा थप शुल्क लाग्छ ।

यस्तो शुल्कबाट बच्न एउटी महिलाले भने अनौठो तरिका अपनाएकी छिन् । जेल रोड्रिगेज नाम गरेकी महिलाले अतिरिक्त शुल्क तिर्नबाट जोगिन साढे २ किलो कपडा पहिरिएको वेलायती अनलाइन मिररले जनाएको छ ।

उनलाई विमानले ७ किलोको हाते झोला सित्तैमा लैजान दिनेथियो । तर उनको झोलाको तौला ९ किलो भयो । त्यसपछि उनले विमानस्थलमै झोला खोलेर कपडा निकालिन् र ती कपडा पहिरिन थालिन् ।

फिलिपिन्सको डाभो सिटीमा रहेकी जेलले भनिन, ‘म अतिरिक्त शुल्क तिर्न चाहन्नथेँ, किनकी जम्म २ किलो मात्र बढी भएको थियो ।’

उनले धेरै कपडा लगाउँदा आफूलाई यात्राका क्रममा असहज भएको भन्दै यस्तो नगर्न अरुलाई सुझाव दिएकी छिन् । ‘यो निक्कै गर्मी थियो, म अरुलाई यस्तो गर्न सल्लाह दिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?