+
+

विनिताको दोस्रो शतक, नेपालले भारतलाई ९ विकेटले हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० वैशाख १५ गते १७:५०

१५ वैशाख, काठमाडौं । नेपाल र भारतबीच दृष्टिविहीन महिला टी-२० क्रिकेट सिरिजको तेस्रो खेलमा विनिता पुनले सानदार शतक प्रहार गरेपछि नेपालले भारतलाई ९ विकेटले पराजित गरेको छ ।

काठमाडौंको मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ५ विकेट गुमाएर २१३ रन बनाएको थियो ।

जवाफमा विनिताले अविजित १२६ रन बनाएपछि नेपालले २० ओभरमा १ विकेट गुमाएर २१७ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

ओपनर विनिताले ६७ बल खेल्दै १९ चौका प्रहार गरिन् । विनिताले पहिलो खेलमा पनि शतक प्रहार गरेकी थिइन् ।

यस्तै अर्की ओपनर मनकेशी चौधरीले ५६ बलमा ३ चौका प्रहार गर्दै ६५ रन बनाइन् । मुना अर्याल ४ रनमा अविजित रहिन् ।

त्यसअघि भारतका कप्तान सुस्मा पटेल र सिमु दासले उत्कृष्ट ब्याटिङ गरेका थिए ।

कप्तान सुस्माले ५१ बलमा ५ चौका प्रहार गर्दै अविजित ६३ रन बनाइन् ।

यस्तै सिमुले आक्रमक ब्याटिङ गर्दै १८ बलमा ३ चौका मदतमा अविजित ४६ रन बनाइ । गंगाले २४ बलमा ५ चौका प्रहार गरी ३९ रन बनाइन् । बसन्ती हन्स्दाले २३ रन बनाइन् ।

नेपालकी निशा चौधरीले १ विकेट लिँदा भारतका चार खेलाडी रनआउट भए । जितपछि नेपालले पाँच खेलको सिरिजमा २-१ को अग्रता लिएका छन् ।

यसअघि पोखरामा भएको दुई खेलमा दुवै टोलीले एक एक खेल जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?