+
+

बनारस उड्ने तयारी गरेको जहाजमा प्राविधिक समस्या, पुनः पार्किङमा फर्काइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते ११:०१
फाइल फोटो ।

१७ वैशाख, काठमाडौं । काठमाडौंबाट बनारस उड्ने तयारी गरेको बुद्ध एयरको एटीआर ७२ जहाज (बीएचए १६१) मा प्राविधिक समस्याको संकेत आएपछि उड्ने तयारी गरेको जहाज पुनः पार्किङ वेमा फर्काउनु परेको छ । यो सोमबार बिहानको घटना हो ।

त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार इण्डिकेटरले प्राविधिक समस्याको संकेत गरेको थियो । सोही कारण यो जहाज उड्दै नउडी पार्किङमा फर्काइएको हो । सामान्यतया समस्याको सानो संकेत पाउँदा पनि पाइलटले जोखिम लिँदैनन्,’ उनले भने, ‘यो सोही प्रक्रिया हो ।’ हवाई उडान सुरक्षित गराउन यस्तो गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?