+

अनिच्छित गर्भ रहनबाट रोक्ने अस्थायी साधन कुन-कुन हुन् ?

२०८१ वैशाख  १७ गते ११:११ २०८१ वैशाख १७ गते ११:११
अनिच्छित गर्भ रहनबाट रोक्ने अस्थायी साधन कुन-कुन हुन् ?

कहिलेकाहीं सावधानी अपनाउँदा अपनाउँदै पनि अनिच्छित गर्भधारण हुनसक्छ । यस्तो बेलामा के गर्ने, कसो गर्ने भन्ने चिन्ता हुन्छ । तर अनिच्छित गर्भ रहन नदिने विभिन्न साधनहरु उपलब्ध छन् । यसमा स्थायी र अस्थायी गरी दुई किसिममा विधि छन् ।

स्थायी महिला तथा पुरूष दुवैमा गर्न सकिन्छ, जसलाई बन्ध्याकरण भनिन्छ । तर अस्थायी साधन महिला र पुरुषको छुट्टाछुट्टै हुन्छ । यी ६ अस्थायी साधनले अनिच्छित गर्भाधारण रोक्न मद्दत गर्नसक्छ ।

कण्डम

अनिच्छित गर्भाधारण रोक्ने भरपर्दो र मुख्य साधन हो, कण्डम । पुरुषले प्रयोग गर्ने यो अस्थायी साधनले गर्भ रहनबाट रोक्नुका साथै विभिन्न यौनरोगबाट समेत बचाउँछ । शारीरिक सम्पर्क सुरु गर्नुभन्दा अगाडि प्रयोग गर्न सकिने कण्डम सजिलै बजारमा पाइन्छ । सरकारी अस्पतालमा यो निःशुल्क पाइन्छ ।

कपर ट

कपर टी सानो टी आकारको प्लास्टिकको यन्त्र हो, जुन पाठेघरभित्र राखिन्छ । कपर टी लगाएपछि अनिच्छित गर्भ रहने भय हुँदैन । यसलाई १२ वर्षसम्म राख्न सकिन्छ र गर्भधारण गर्न मन लागे निकाल्न समेत सकिन्छ । कपर टी पछिल्लो समय गर्भनिरोधकको सबैभन्दा राम्रो उपाय मानिन्छ ।

नरप्लान्ट

अनिच्छित गर्भधारण रोक्ने अर्को विकल्प हो, नरप्लान्ट । यसलाई महिलाको पाखुरामा सानो घाउ बनाएर राखिन्छ भने यो ५ वर्षसम्मका लागि ढुक्क हुन्छ ।

नियमित गर्भनिरोधक चक्की (पिल्स)

पिल्स अर्को गर्भनिरोधक साधन हो । अनिच्छित गर्भ रोक्न यसलाई महिलाले हरेक दिन खानुपर्ने हुन्छ । आवश्यकता अनुसार खान र छोड्न सक्ने भएकाले प्राय: महिलाले यसको प्रयोग गरिरहेको देखिन्छ । यसलाई खान छुटाउनु भने हुँदैन । कुनै दिन चक्की सेवन गर्न भुलेमा यसले काम नगर्ने सम्भावना हुन्छ ।

डिपो अर्थात तीन महिने सुई

नेपालमा संगिनी सुई भनेर चिनिने डिपोप्रोभेरा गर्भनिरोधकको भरपर्दो माध्यम हो । महिलाले गर्भवती हुनबाट बच्न हरेक तीन-तीन महिनामा यो सुई लगाउन सकिन्छ । डिपो एक पटक लगाएपछि तीन महिनासम्म लगाउनु पर्दैन र त्यस अवधिमा गर्भ रहँदैन । डिपो सुई स्तनपान गराउने महिलाले बच्चा जन्मेको ६ हप्तापछि नै प्रयोग गर्न सक्छन् ।

आकस्मिक गर्भनिरोधक चक्की

असुरक्षित शारीरिक सम्पर्क भएपछि गर्भ रहने शंका भएमा आकस्मिक पिल्सको प्रयोग गरिन्छ । खासगरी यो अन्य गर्भनिरोधक साधन असफल भएको अवस्थामा जस्तै यौन सम्पर्कको बेला कण्डम फुटेमा, पिल्स खान बिर्सिएमा, तीन महिने डिपो सुई लगाउन छुटेमा कहिलेकाहीं यसको प्रयोग गर्न सकिन्छ । यसलाई शारीरिक सम्पर्क भएको ४८ घण्टादेखि ७२ घण्टासम्म प्रयोग गर्नुपर्ने हुन्छ । तर नियमित रुपमा भने यो चक्कीको प्रयोग गर्नुहुँदैन ।

अनिच्छित गर्भ गर्भनिरोधक डा. कुमकुम झा
लेखक
डा. कुमकुम झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

लिम्फोमा क्यान्सर : रोग प्रतिरोधात्मक प्रणालीमै सुरु हुने गम्भीर रोग (भिडियो)

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

‘गर्भनिरोधक साधनका कारण नेपालको जनसंख्या ऋणात्मक भएको हल्ला गलत’

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

बेहोस अवस्थामै अस्पताल पुर्‍याइएकी उपसभामुखको सुगर लेबल एकदमै कम

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

रिसाउनु मुटुका लागि किन छ हानिकारक ?

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

‘हिरायामा’ : हात काँप्ने, मांसपेशी घट्दै जाने एक गम्भीर रोग

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण

रातको ३ बजे अचानक निद्रा किन खुल्छ ? यस्तो छ वैज्ञानिक कारण